News Portal

  • एभरेष्ट बैंकको थप दुई शाखा विस्तार

    आर्थीकसंसार संवाददाता१७ पौष, २०७७
    ४५१ पटक
    १७ पौष, २०७७

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चितवनको हाकिम चौकमा आफ्नो १००औं शाखाको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र नेपाल उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा गरेका हुन् ।
    सो उद्घाटन समारोहमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नेगीले उद्घाटन समारोहको मन्तव्यमा हाकिम चौक क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पूर्ण अत्याधुनिक बैंकिङ सेवा प्रदान गराउने आश्वासन दिएका छन् । साथै बैंकले पुस १५ गते मात्रै दाङको घोराहीमा १५ आफ्नो ९९औं शाखा स्थापना गरेको थियो । घोराहीस्थित शाखा पनि एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशब पौडेल र घोराही उपमहानगरका मेयर नरुलाल चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
    स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०० शाखा संजाल, प्रादेशिक कार्यालय , १३२ एटीएम बुथसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्