News Portal

  • सिद्धार्थ बैंकको सर्भिस आउटलेट तौलिहवामा

    आर्थीकसंसार संवाददाता१७ पौष, २०७७
    ६६७ पटक
    १७ पौष, २०७७

    काठमाडौं । सिद्धार्थ बैंकले कपिलवस्तुस्थित तौलिहवामा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ । बैंकले तौलिहवा क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त सर्भिस आउटलेट सञ्चालनमा ल्याएको हो ।
    अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै सर्भिस आउटलेटहरुबाट बैंकिङ्ग सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरी रहेको छ । सजिलो बैंकिङ्ग सेवा (शाखारहित बैंकिङ्ग), एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ४५० भन्दा बढी व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको ग्लय क्रेडिट कार्डजस्ता सेवामार्फत बैंकले उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंक ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ ।

    प्रतिकृया दिनुहोस्