News Portal

  • सानिमा बैंकले डिजिटल बैंकिङ सेवा सुरु गर्दै

    आर्थीकसंसार संवाददाता१७ पौष, २०७७
    १०२१ पटक
    १७ पौष, २०७७

    काठमाडौं । सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा सुरु गर्ने भएको छ । बैंकले ग्राहकलाई डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले पुस १६ गतेदेखि आफ्नो मोबाइल बैंकिङ एप (सानिमा सजिलो ई–बैंकिङ) अपग्रेड गरेको हो ।
    बैंकको सम्पूर्ण डिजिटल बैंकिङ सेवा मोबाइल बैंकिङ एप वा वेभ ब्राउजरमा चल्ने हुँदा मोबाइल फोन, ट्याब्लेट र ल्यापटप र कम्प्युटरबाट पनि चलाउन सकिन्छ । नयाँ भर्सनबाट बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले ई–क्यास पठाउने र अन्य व्यक्तिले पाउन सक्ने, ई–भौचरबाट जम्मा गर्ने, बचत खाता तथा ऋणको आवेदन दिने, डिजिटल बैंकिङ सेवासम्बन्धी सोधपुछ गर्न सकिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्