News Portal

  • नेपाल बैंकका ग्राहकले लेट मि इनको सेवामा छुट पाउने

    आर्थीकसंसार संवाददाता१७ असार, २०८२
    ९ पटक
    १७ असार, २०८२

    काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित लेट मि इन प्रा.लि.बीच सेवाग्राहीलाई विशेष छुट दिने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेट मि इन प्रा।लि।को तर्फबाट प्रबन्ध निर्देशक डोङ्ग सु माले हस्ताक्षर गरेका छन् ।

    उक्त समझदारी अनुसार बैंकमा कार्यरत कर्मचारीहरू र खातावाल ग्राहकहरूलाई क्लिनिकबाट प्रदान गरिने कोरियन प्रविधिमा आधारित सौन्दर्य तथा उपचार सेवामा विशेष छुट उपलब्ध गराइनेछ ।

    सम्झौताअनुसार लेट मि इनले उपलब्ध गराउँदै आएको विविध एस्थेटिक्स सेवा, छालासम्बन्धी उपचार, फेस थेरापी, स्किन रेजुभिनेशन लगायत सेवामा लाग्ने शुल्कमा ८ देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

    सम्झौता अनुसार अब नेपाल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरूले लेट मि इन क्लिनिकमा सेवा लिँदा यो छुट स्वचालित रूपमा प्राप्त गर्न सक्नेछन् ।

    सहयोग विस्तारका लागि गरिएको यस प्रकारको साझेदारीले बैंक ग्राहक तथा कर्मचारीहरूको जीवनशैली र स्वास्थ्यमा थप सहजता ल्याउने विश्वास लिइएको छ ।

    प्रतिकृया दिनुहोस्