News Portal

  • एनबी बैंकद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपाललाई रकम प्रदान

    आर्थीकसंसार संवाददाता१७ पौष, २०७७
    १५७१ पटक
    १७ पौष, २०७७

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले फ्रेन्डशिप फाउन्डेसन नेपाललाई ३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुस १७ गते काठमाडौं महानगरपालिका–३, पानीपोखरीस्थित फ्रेन्डशिप फाउन्डेसन नेपाललाई उक्त रकम हस्तान्तरण गरेको हो ।
    सो रकम फ्रेन्डशिप फाउन्डेसन नेपालले शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालय भवन निर्माणका लागि प्रयोग गर्ने छ । गोरखा केराबारी–१ मा निर्माण हुन गइरहेको सो पुस्तकालयले स्थानीय विद्यार्थीलगायत बासिन्दाहरुलाई सहज रुपमा विभिन्न किसिमका पुस्तकहरु उपलब्ध गराउने छ ।
    बैंकको प्रमुख कार्यालय कमलादी काठमाडौंमा भएको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्धारा फ्रेन्डशिप फाउन्डेसन नेपालका अध्यक्ष प्रकाश बाबु पौडेललाई रकम हस्तान्तरण गरेका हुन् । साथै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले आफ्नो संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकाले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्थरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्