News Portal

  • नबिल बैंकले पायो रु. ३ अर्बको ऋणपत्र जारी गर्ने अनुमति, ब्याजदर कति ?

    आर्थीकसंसार संवाददाता१३ असार, २०८२
    २४५ पटक
    १३ असार, २०८२

    काठमाडौं । नबिल बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्न अनुमति पाएको छ।

    नेपाल धितोपत्र बोर्डले असार १२ गते नबिल बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो। अब बैंकले ‘नबिल डिबेन्चर–२०८२’ नामक ऋणपत्र जारी गर्नेछ।

    बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ। जसअनुसार बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

    बैंकको यो ऋणपत्र ८ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्।

    नबिल बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

    प्रतिकृया दिनुहोस्