News Portal

  • कुमारी बैंक र फ्रेन्च बेकरीबीच विशेष छुटसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता१६ पौष, २०७७
    ५७७ पटक
    १६ पौष, २०७७

    काठमाडौं । कुमारी बैंक लिमिटेड र फ्रेन्च बेकरीबीच बेकरीका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीनमुनि बज्राचार्य तथा फ्रेन्च बेकरीका तर्फबाट निर्देशक बुद्ध श्रेष्ठले हस्ताक्षर गरे ।
    सो सहकार्यअन्तर्गत पकनाजोल, क्षेत्रपाटीस्थित फ्रेन्च बेकरीका विभिन्न सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले १२५ सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
    कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    प्रतिकृया दिनुहोस्