आर्थीकसंसार संवाददाता५ जेठ, २०८२

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकले काठमाडौं स्थित हिल्टन होटलमा विशेष छुट पाउने भएका छन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र हिल्टन होटेलबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुले फुड एण्ड बेवरेजमा १० प्रतिशतसम्म छुट पाउने छन् ।
छुट सुविधा पाउन ग्राहकले एनआईएमबीको डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिँदै आइरहेको छ ।