काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंकको गत आर्थिक वर्षमा खुद मुनाफा बृद्धि गर्दै एक अर्ब १३ करोड नौ लाख ८४ हजार ८४४ रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एक अर्ब एक करोड ३३ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा १० प्रतिशत बृद्धि गर्न सफल भएको हो ।
२०७६ साल चैत्र ११ गतेबाट जारी चार महिना लामो लकडाउनका कारण अधिकांश बैंक तथा वित्तीय संस्थाको मुनाफा घटेको बेला एनसीसी बैंकको मुनाफा भने बृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९६ करोड रुपैयाँबाट बढेर ३ अर्ब २१ करोड रुपैयाँ पुगेपनि सञ्चालन नाफा १ अर्ब ९६ करोड रुपैयाँबाट घटेर १ अर्ब ७४ करोड रुपैयाँमा झरेको छ ।
गत वर्षमा कूल निक्षेप संकलन ७३ अर्ब ७८ करोड रुपैयाँ गरेको बैंकले ६५ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेर सो मुनाफा आर्जन गरेको हो । बैंकको खराव कर्जा भने शून्य दशमलव १ प्रतिशतले बृद्धि भएको छ । बैंकको खराब कर्जा अनुपात २.७८ प्रतिशतबाट बढेर २.७९ प्रतिशत पुगेको वित्तीय विवरणमा देखिएको छ ।
बैंकको आधार दर ९.०३ प्रतिशत छ । जसका कारण ब्याजदर केही महँगो पर्न गएको छ । त्यस्तै, स्प्रेड दर ३.८४ प्रतिशत रहेको छ । त्यस्तैगरी निक्षेप कर्जा अनुपात सिडी रेशियो ७४.८८ प्रतिशत छ । अन्य केही बैंकहरुको कर्जा न्यून भई ७० प्रतिशतभन्दा तल सिडी रेसियो भएको बेला बैंकको सिडी रेसियो बढेको हो ।
एनसीसी बैंकको नाफा १ अर्ब १३ करोड बढी
आर्थीकसंसार संवाददाता३० साउन, २०७७
३० साउन, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने