News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई टिका रिसोर्टमा २० प्रतिशत छुट

    आर्थीकसंसार संवाददाता३ असार, २०८२
    ३५ पटक
    ३ असार, २०८२

    काठमाडौं । सिटिजन्स बैंक र पोखराको लेकसाइडस्थित टिका रिसोर्टबीच छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    समझदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले टिका रिसोर्टमा २० प्रतिशतसम्म छुट पाउनेछन् ।

    बैंकले यस प्रकारको सहकार्य ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्ने उद्देश्यले गरेको जनाएको छ ।

    डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न सिटिजन्स बैंकले समयसमयमा विभिन्न व्यावसायिक संस्थासँग सहकार्य गर्दै ग्राहकलाई सुविधाजनक अफरहरू उपलब्ध गराउँदै आएको छ ।

    छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा हेर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्