News Portal

  • सिटिजन्स बैंकले युवालाई १० लाखसम्मको सहुलियतपूर्ण कर्जा दिने

    आर्थीकसंसार संवाददाता१६ पौष, २०७७
    ६७५ पटक
    १६ पौष, २०७७

    काठमाडौं । सिटिजन्स बैंकले वैदेशिक रोजगारबाट फर्केका युवालाई सहुलियत दरमा कर्जा प्रवाह गर्ने भएको छ । बैंकले रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा वैदेशिक रोजगारबाट फर्केका युवालाई सहुलियत दरमा कर्जा दिने भएको हो ।
    बिहीबार बैंक र रिटर्नी माइग्रेन्ट नेपालाबीच वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापछि बैंकले वैदेशिक रोजगारबाट फर्केका युवाहरुलार्ई १० लाखसम्म कर्जा सहुलियतपूर्ण दरमा प्रदान गर्ने जनाएको छ । विदेशबाट फर्किने नेपाली श्रमिकको संख्या दिनानुदिन बढ्ने र यो जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उद्देश्यका साथ बैंकले उक्त सम्झौता गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्