News Portal

  • मेरो माइक्रोफाइनान्सको लघुवित्त तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता१५ पौष, २०७७
    ११९३ पटक
    १५ पौष, २०७७

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले नवनियुक्त कर्मचारीहरुलाई एकदिने अभिमुखीकरण तथा लघुबित्त तालिम सम्पन्न गरेको छ ।
    नवनियुक्त कर्मचारीहरुलाई संस्थासम्बन्धी कार्य तथा नीति नियमको बारेमा जानकारी दिने, सिकाउने उद्देश्यले तालिम दिइएकोे थियो । तालिममा नवनियुक्त ३७ जना कर्मचारी सहभागी भएका थिए ।
    एक दिने कार्यक्रमको समापन समारोहमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले नवनियुक्त कर्मचारीहरुलाई हौसला प्रदान गर्नुहुँदै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलतामा वृद्धि हुनुका साथै कर्मचारीले यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयं एवं संस्थाको दिगो विकासमा योगदान पुग्ने बताए ।
    कार्यक्रममा सहभागी कर्मचारीहरुले सो तालिमबाट काम गर्ने हौसला मिलेको साथै सबैसंग परिचय गर्ने मौका मिलेको हुनाले तालिम निकै लाभदायक भएको बताएका थिए ।
    मेरो माइक्रोफाइनान्स लघुबित्त वित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रही देशका ५९ जिल्लामा १२० शाखा कार्यालयमार्फत १ लाख १८ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्याइ रहेको छ ।

    प्रतिकृया दिनुहोस्