आर्थीकसंसार संवाददाता१ असार, २०८२

काठमाडौं । पोखराको होटेल हिमालय सेरेन भ्यू र प्रभु बैंकबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीलाई उल्लेखित होटलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौता-पत्रमा होटल हिमालय सेरेन भ्यूका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंकका तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरे ।
अब प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकले होटल हिमालयन सेरेन भ्यूको खाना र पेय पदार्थमा १० प्रतिशतका साथै आवास सुविधामा १५ प्रतिशत छुट पाउने छन् ।
‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालय, २८४ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्ट मार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।