News Portal

  • ज्योति विकास बैंकका ग्राहकलाई तिलगंगा सीटी आई सेन्टरमा छुट

    आर्थीकसंसार संवाददाता२९ जेठ, २०८२
    २१ पटक
    २९ जेठ, २०८२

    काठमाडौं । ज्योति विकास बैंकले ग्राहकहरूलाई स्वास्थ्य सेवामा सुविधा प्रदान गर्न काठमाडौं, चुच्चेपाटीस्थित तिलगंगा सीटी आई सेन्टरसँग छुटसम्बन्धी सम्झौता गरेको छ ।

    सम्झौताअनुसार बैंकका ग्राहकहरूले सो आँखा केन्द्रमा आँखा जाँच, शल्यक्रिया, थेरापी लगायतका सेवामा १० प्रतिशत र प्रिस्क्रिप्शन चश्मा खरिदमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    तिलगंगा नेत्र प्रतिष्ठानको सह-संस्थाले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

    ज्योति विकास बैंकले आफ्ना ग्राहकको स्वास्थ्य र सेवा सुविधालाई प्राथमिकतामा राख्दै यस्ता सहकार्यहरूलाई निरन्तरता दिँदै आएको छ ।

    हालै बैंकले नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टरमा १५ प्रतिशत र सातदोबाटोस्थित पब्लिक नेपाल डेन्टल हस्पिटलमा ५० प्रतिशतसम्मको छुटसम्बन्धी सम्झौता समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्