News Portal

  • प्रभु लाईफ इन्स्योरेन्सको शेयर सूचिकरणको लागि नेप्सेमा दर्ता

    आर्थीकसंसार संवाददाता१५ पौष, २०७७
    ६७९ पटक
    १५ पौष, २०७७

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको कूल दुई करोड कित्ता शेयर सूचिकरणको लागि आज नेप्सेमा निवेदन दर्ता भएको छ ।
    सर्वसाधारण समूहको कूल ६० लाख कित्ता र संस्थापक शेयर एक करोड ४० लाख कित्ता गरी कूल दुई अर्ब रुपैयाँ बराबरको दुई करोड कित्ता शेयर सूचिकरण भई कारोबारको लागि नेप्सेमा निवेदन दर्ता गरेको प्रभु लाईफ इन्स्योरेले जनाएको छ ।
    कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले आगामी साताभित्र नेप्से र सिडिएससीमा सूचीकरण सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाएको बताए । सिडिएससीमा केही प्रक्रिया पुरा गरेपछि प्रभु लाईफको शेयर आगामी साताबाट कारोबार हुने जनाइएको छ । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको शेयर लगानीकर्ता पाँच लाख ४० हजार भन्दा बढी छन् ।

    प्रतिकृया दिनुहोस्