News Portal

  • हिमालयन बैंकको गौंडा शाखा स्थानान्तरण

    आर्थीकसंसार संवाददाता२७ जेठ, २०८२
    १७९ पटक
    २७ जेठ, २०८२

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये गौंडा शाखालाई स्थानान्तरण गरी दूधपोखरी गाउँपालिका, वडा नं. ५, जोर्ने लम्जुङ्गबाट आज जेष्ठ २६ गते देखि दूधपोखरी शाखा नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।
    उक्त शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङ्गले बैंकका कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरे ।

    हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटीएम ८,००० भन्दा बढी पीओएस ट्रमिनल्स र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्