News Portal

  • ज्योति विकास बैंकका ग्राहकले होटेल मार्कोपोलोमा विशेष छुट पाउने

    आर्थीकसंसार संवाददाता२७ जेठ, २०८२
    १५८ पटक
    २७ जेठ, २०८२

    काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको हात्तीसारस्थित ‘होटेल मार्कोपोलो’ मा बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

    यस सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले उक्त होटलमा खाना तथा रूम चार्जमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

    ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

    हालै बैंकले ललितपुरस्थित’बेक्ड एण्ड सर्भ्ड’ मा १२ % सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले काठमाडौंस्थित ‘भ्यू थी हन्ड्रेड सिक्सटी थ्री डिग्री रिसोर्ट’ र ललितपुरस्थित ‘प्याराडाइज हिल्स’ मा बैंकका ग्राहकहरूलाई १०% सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

    बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीए मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।

    प्रतिकृया दिनुहोस्