News Portal

  • प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता२५ जेठ, २०८२
    १६ पटक
    २५ जेठ, २०८२

    काठमाडौं । प्रभु बैंक र दोलखाको जिरीस्थित प्रख्यात होटल यार्शाबीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होटल यार्शाबाट विशेष छुट सुविधा पाउने भएका छन् ।

    होटल यार्शा जिरी नगरपालिकामा अवस्थित एक शान्त र सुन्दर गन्तव्य हो । जसलाई सगरमाथाको प्रवेशद्वारको रूपमा पनि चिनिन्छ । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होटल यार्शामा कोठा बुकिङमा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    प्रभु बैंकले यस किसिमको सहकार्य पर्यटन प्रवर्द्धनमा समेत सहयोगी हुने विश्वास व्यक्त गरेको छ । बैंकका अनुसार गुणस्तरीय सेवा सुलभ मूल्यमा उपलब्ध गराउने लक्ष्यका साथ छुट अफर ल्याइएको हो ।

    सम्झौताले जिरी क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने र होटल व्यवसायमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्