
काठमाडौं । सिटिजन्स बैंकले विश्व वातावरण दिवस २०२५ को अवसरमा विराटनगरको विश्वकर्मा चोक, वडा नम्बर ८ मा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लाष्टिक’ भन्ने मूल नारालाई आत्मसात् गर्दै बैंकले आइतबार कोशी प्रदेशमा करिब १०० भन्दा बढी विभिन्न प्रजातिका विरुवाहरू रोपेको हो ।
बढ्दो जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यसहित बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम आयोजना गरेको हो । वृक्षारोपणमार्फत हरियाली प्रवर्द्धन, वातावरणीय सन्तुलन तथा समुदायमा वातावरणप्रतिको सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिइएको बैंकले जनाएको छ ।
सिटिजन्स बैंकले यसअघि पनि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय तथा मठ–मन्दिरहरूमा सहयोग लगायतका सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम गर्दै आएको छ ।
बैंकले यस्ता कार्यक्रमहरूले दीर्घकालीन सामाजिक र वातावरणीय सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ ।