News Portal

  • नेपाल इन्भेष्टमेन्ट बैंकको वार्षिक साधारणसभा माघ ८ गते हुने

    आर्थीकसंसार संवाददाता१५ पौष, २०७७
    ४५५ पटक
    १५ पौष, २०७७

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी माघ ८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबार मार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा आफ्नो ३४औं वार्षिक साधारणसभा बोलाएको हो ।
    सभाले सञ्चालक समितिको लाभांश प्रस्तावलाई पारित गर्दै छ । बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस र ५.५० प्रतिशत नगद गरी १८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
    सभामा जाने प्रयोजनको लागि बैंकको आगामी पुस २२ गतेदेखि बुक क्लोज हुने भएको छ । यससँगै पुस २१ गतेसम्म बैंकको सेयर होल्ड गरेका तथा कम्पनीको सेयर किनेका सेयरधनीले प्रस्तावित १८.५ प्रतिशत लाभांश पाउने छन् ।
    हाल बैंकको चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ रहेको छ । १३ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी १६ अर्ब रुपैयाँ नाघ्ने छ ।
    त्यस्तै, सभाले अधिकृत पुँजी वृद्धि गरी १८ अर्ब पुर्याउने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने छ । यससँगै सभाले सर्वसाधारण सेयरधनीमध्येबाट सञ्चालक समितिमा २ जना सञ्चालक निर्वाचित गर्ने भएको छ । त्यसैगरी, सभाले कुनै संस्था मर्ज तथा एक्विजिशनको लागि पनि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने भएको छ ।

    प्रतिकृया दिनुहोस्