
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुर जिल्लाको सूर्य बिनायक नगरपालिका–३, बालकोट, सिराहा जिल्लाको नरहा गाउँपालिका–३, नरहा, महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–५, कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड गाउँपालिका–११, रातापानी, झापा जिल्लाको शिवसताक्षी नगरपालिका–१०, माईधारा, झापा जिल्लाकै कन्काई नगरपालिपा–९,घौलाडुब्बामा थप ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखारहित बंैकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थप भएसँगै माछापुच्छ्रे बैंकको शाखारहित बंैकिङ्ग सेवा १४८ पुगेको छ । ग्राहक सेवा केन्द«को रुपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदनसमेत दिन सकिने छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरुलगायत १४८ शाखारहित बैकिङ्ग सेवासमेत गरी जम्मा ३०८ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै, बंैकको देशभर १९८ वटा एटीएमहरुमार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ ।