News Portal

  • कुमारी बैंकका ग्राहकहरुलाई सात्विक आयुर्वेद अस्पतालमा छुट

    आर्थीकसंसार संवाददाता१४ पौष, २०७७
    ११७७ पटक
    १४ पौष, २०७७

    काठमाडौं । कुमारी बैंकका ग्राहकहरुले विरगंज पर्सास्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा छुट पाउने भएका छन् । मंगलबार बैंक र अस्पतालबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको हो ।
    उक्त सम्झौतापत्रमा कुमारी बैंक प्रदेश–२ का प्रमुख सिद्घार्थ सिंह र सात्विक आयुर्वेद अस्पतालका चिकित्सक अधिकृत प्रभाकर मनुले हस्ताक्षर गरेका छन् ।
    सो सम्झौताअनुसार सात्विक आयुर्वेद अस्पतालमा ओपिडि, प्याथोलोजी, पँचकर्म र औषधीमा ५% सम्म, थेरापीलगायत आइडिपि (बेड चार्जेज)मा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्