News Portal

  • राजु पौडेललाई तीन लाख रुपैयाँ बीमा दावी भुक्तानी

    आर्थीकसंसार संवाददाता१३ पौष, २०७७
    ८४४ पटक
    १३ पौष, २०७७

    काठमाडौं । सडक दुर्घटनामा अभिभावक गुमाएका कोहलपुर–१० का राजु पौडेलले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबाट तीन लाख रुपैयाँ बीमा दावी भुक्तानी पाएका छन् ।
    नेशनल लाईफ इन्स्योरेन्स कम्पनी नेपालगञ्ज शाखामा छोरा राजुको बाल अमृत जीवन बीमा गराएका दुर्गा पौडेलको सडक दुर्घटनामा मृत्यु भएको थियो । बीमित आश्रित रहेका अभिभावककै मृत्यु भएपछि बीमा कम्पनीले बालकको संरक्षक तिलक पौडेललाई भुक्तानी बापतको तीन लाखको चेक हस्तान्तरण गरेको हो ।
    नेशनल लाईफ इन्स्योरेन्स नेपालगन्ज शाखाका प्रमुख दीप नारायण खनालले नाबालक राजु पौडेलको बीमा पोलिसी अनुसार बाँकी बीमा शुल्क मिनाहा भई बीमालेख चालु रहने र बीमा अवधि समाप्तीसम्म अझै करिब छ लाख भुक्तानी हुने जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्