News Portal

  • कुमारी बैंकको थप ८ शाखा विस्तार

    आर्थीकसंसार संवाददाता१३ पौष, २०७७
    ६०६ पटक
    १३ पौष, २०७७

    काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना ८ नयाँ शाखाहरूको विस्तार गरेको छ काठमाडौंस्थित खुसिबुँ, पानीपोखरी, मालिगाँउ, नरेफाट, नयाँ पाटी, बाफल, मैतिदेवी र यसैगरी, उपत्यकाबाहिर मोरङ स्थित बेलबारी गरी कूल ८ शाखाहरूको विस्तार गरेको हो ।
    बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरिएको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको छ ।
    कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १८७ वटा शाखाहरु, १५२ वटा एटिएमहरु तथा १३ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखाविहीन युनिटहरुद्वारा सेवा दिइरहेकोमा थप ८ वटा शाखापश्चात अब बैंकको कुल शाखा सञ्जाल १९५ पुगेको छ । साथै हालसम्म बैंकले नवीनतम डिजिटल प्रोडक्टमार्फत आफ्नो ग्राहकहरुलाई सेवा दिदै आएको छ र आउँदा दिनहरुमा अझ सशक्त रुपमा डिजिटल प्लेटफमबाट आफ्ना पहुँच पुर्याउँदै जाने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्