News Portal

  • मुक्तिनाथ बैंकको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता१३ पौष, २०७७
    ६५४ पटक
    १३ पौष, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ११.२५ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो ।
    समायोजनपश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ३४१ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता ३७९ रुपैयाँ थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ३४१ रुपैयाँदेखि सुरु हुने छ ।
    विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.५१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    मंसिर २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११.२५ प्रतिशत बोनस र ४।२६ प्रतिशत नगद (बोनस र नगद लाभांशको कर सहित) गरी १५.५१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

    प्रतिकृया दिनुहोस्