News Portal

  • एनसीसी बैंकद्वारा कर्पोरेट पे सेवा सुरु

    आर्थीकसंसार संवाददाता१३ पौष, २०७७
    ६३२ पटक
    १३ पौष, २०७७

    काठमाडौं । एनसिसी बैंकले कर्पोरेट पे प्रणालीको सुरुवात गरेको छ । बैंकले आफ्न संस्थागत ग्राहकका निमित्त बैंक खाताबाट नै सोझै विद्युतीय भुक्तानी गर्ने सकिने प्रणालीको सुरुवात गरेको हो ।
    यस सम्बन्धमा बैंकले नेपाल किल्यरिङ हाउससँग सम्झौता गरेको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख सचालन अधिकृत रमेश सापकोटा तथा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त कर्पोरेट पे प्रणाली प्रयोग गर्नको लागि बैंकबाट आवश्यक सबै प्रक्रिया पुरा गरी आवेदन दिन सकिने बैंकले जनाएको छ । यस प्रणालीबाट आफैले तोकिएको कारोबार सिमाभित्र रहेर कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना गर्न सकिने छ ।

    प्रतिकृया दिनुहोस्