News Portal

  • कामना बैंकको शाखा बानेश्वर बहुमुखी क्याम्पसमा

    आर्थीकसंसार संवाददाता१० पौष, २०७७
    १५६७ पटक
    १० पौष, २०७७

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले शुक्रबारदेखि विस्तारित शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।
    बैंकका तर्फबाट अध्यक्ष सुदीप आचार्य तथा क्याम्पसका तर्फबाट प्राडा घमानसिंह खड्काले संयुक्त रुपमा विस्तारित शाखाको समुद्घाटन गरेका थिए । योसँगै अब बानेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क तथा दस्तुर विस्तारित शाखाबाट नै भुक्तानी गर्नसक्नेछन् । साथै कामना सेवाका अन्य ग्राहकहरुले पनि यस एक्सटेन्शन काउन्टरबाट बैकिङ कारोबार गर्न सक्नेछन् । सार्वजनिक बिदा बाहेकका दिनहरुमा ग्राहकहरुले यो काउन्टरबाट बिहान ७ः३० बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्