News Portal

  • एभरेष्ट इन्स्योरेन्स र पठाओबीच सम्झौता

    आर्थीकसंसार संवाददाता९ पौष, २०७७
    १५३७ पटक
    ९ पौष, २०७७

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले पठाओको सबै ग्राहक तथा राइडरको बीमा गर्ने भएको छ । बिहीबार इन्स्योरेन्स कम्पनी र पठाओबीच सबै ग्राहक तथा राइडरको बीमा सम्झौता भएको हो ।
    योसँगै अब यस एपमार्फत गाडीमा चढेका र चलाउनेहरुको कुनै पनि कारण बस दुर्घटना वा अन्य क्षति भएमा ५ लाखसम्मको बीमा गरिएको कम्पनीले जनाएको छ । पठाओ एप प्रयोग गर्ने सम्पूर्ण ग्राहकले यस सुविधा पाउने कम्पनी क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताए ।
    यसका लागि ग्राहक तथा राइडरले दुर्घटना भएको ३० दिनभित्रमा कम्पनीलाई आवश्यक कागजात बुझाउनुपर्नेछ । यसरी राइड सेयर एप सञ्चालन गरिरहेका कम्पनीमध्ये यसरी बीमा सेवा ल्याउने पठाओ पहिलो कम्पनी हो ।

    प्रतिकृया दिनुहोस्