News Portal

  • एनएमबि बैंक र सेलपेबीच सहकार्य सुरु

    आर्थीकसंसार संवाददाता९ पौष, २०७७
    १४५२ पटक
    ९ पौष, २०७७

    काठमाडौं । एनएमबि बैंक र सेल पेबीच सहकार्य सुरु भएको छ । एनएमबि बैंकले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य सुरु गरेको हो । सहकार्य सम्झौतामा बैंकका प्रमुख व्यापार र रणनीतिक अधिकृत सुदेश उपाध्याय र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।
    सेलपेले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ ।
    ग्राहकहरुले सेलपेमा आवद्ध गरी सकिएका अन्य बैंकमा वा त्यहाँबाट एनएमबि बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्नुको साथै सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपेमार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् । यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल, स्वदेशभित्र गरिने रेमिट्यान्स पठाउन–पाउन, बिमा रकम भुक्तानी, ईएमआई भुक्तानी, तथा शेयर कारोबारको भुक्तानी गर्न सकिने छ ।

    प्रतिकृया दिनुहोस्