News Portal

  • हिमालयन बैंकद्वारा आँखा अस्पताललाई मेसिन प्रदान

    आर्थीकसंसार संवाददाता९ पौष, २०७७
    १९२३ पटक
    ९ पौष, २०७७

    काठमाडौं । हिमालयन बैंकले डा.रामप्रसाद पोखरेल आँखा अस्पताललाई ३५ लाख रुपैयाँ बराबरको फ्याको मेसिन हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आँखा अस्पताललाई उक्त सहयोग गरेको हो ।
    बैंकका सञ्चालक सुनिलबहादुर थापाले अस्पतालमा आयोजना गरिएको एक समारोहकाबीच सो मेसिन हस्तान्तरण गरेका हुन् । आँखा अस्पतालले नेपाल नेत्र ज्योति संघमा दर्ता भई प्रदेश नम्बर एकअन्तर्गत धनकुटामा आँखासम्बन्धी विभिन्न स्वास्थ सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्