News Portal

  • नबिल बैंक र दुई जिल्लाका स्थानीयबीच एमओयूमा हस्ताक्षर

    आर्थीकसंसार संवाददाता८ पौष, २०७७
    १३६४ पटक
    ८ पौष, २०७७

    काठमाडौं । नबिल बैंकले डोटी र बैतडीका स्थानीयलाई आर्थिक गतिविधिमा सहयोग पुर्याउने भएको छ । सोसम्बन्धी बैंकले डोटीको सायल गाउँपालिका र बैतडीको पञ्चेश्वर गाउँपालिकासँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
    स्थानीय बासिन्दाको आर्थिक गतिविधिमा सहयोग पुर्याउने उद्देश्यअनुरुप विभिन्न गाउँपालिकामा रहेका शाखामार्फत स्थानीय निकायसँग समन्वय गरी साना तथा मझौला व्यवसायका साथै कृषिसम्बन्धी कार्यक्रममा सहयोग पुर्याउनको लागि स्थानीय निकायसँग सम्झौता गरेको हो ।
    सोही उद्देश्यअनुरुप पुस ५ मा सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेल र पुस ६ मा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दसँग बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दिगेन्द्र चन्द बीच एमओयुमा हस्ताक्षर सम्पन्न भयो । सो कार्यक्रममा नबिल बैंकका सहायक महाप्रबन्धक गणेशप्रसाद अवस्थीको उपस्थिति थियो । सो कार्यक्रममा जनप्रतिनिधि, स्थानीय व्यबसायी, व्यापारी, महिला उद्यमी, कृषक एवम विभिन्न राजनीतिक दलहरुका प्रतिनिधि समेतका उपस्थिति थियो । उक्त कार्यक्रम माथि प्रकाश पार्दै नबिल बैंकका सहायक महाप्रबन्धक अवस्थीले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिकाअनुरुप व्यवसायिक कृषि तथा पशुपन्छी र महिला उद्यमशिलतामा आधारित सहुलियत पुर्ण कर्जाको माध्यमबाँट स्थानीयको आर्थिक विकासमा बैंकले केकस्तो योगदान दिन सक्छ भन्ने विषयमा स्पष्ट पारे ।
    गाउँपालिकाका अध्यक्षद्वय तेजबहादुर डुम्रेल र गोरखबहादुर चन्दले, बैंक र गाउँपालिका बीचको सम्झौता प्रशंसा योग्य रहेको धारण व्यक्त गरे । सो कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले यो सम्झौताबाट सो क्षेत्रको कृषि तथा उद्यमशिलताको क्षेत्रमा व्यापक परिवर्तन ल्याउनका साथै गाउँको आर्थिक विकासका गतिविधिमा थप टेवा पुग्ने धारणा व्यक्त गरे ।
    नबिल बैंकले हाल ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्