
काठमाडौं । मेगा बैंक नेपाल आगामी पुस २९ गते वार्षिक साधारणसभामा हुँदैछ । बैंकले सो दिन बिहान ११ः३० बजे काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा आफ्नो १०औं वार्षिक साधारणसभा बोलाएको हो ।
सभाले सेयरधनीलाई लाभांश वितरण गर्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्दै छ । बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र ३।०५ प्रतिशत नगद गरी कूल १३।०५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । त्यस्तै, सभाले मेगा बैंकमा कुनै बैंक वा वित्तीय संस्था मर्जर तथा एक्विजिसनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।
सभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी पुस १७ गते एक दिन बुक क्लोज हुने भएको छ । यससँगै पुस १६ गतेसम्ममा बैंकको सेयर किनेका तथा होल्ड गरेका लगानीकर्ताहरुले बैंकको प्रस्तावित लाभांश पाउने छन् । र, उनीहरु सभामा भाग लिन योग्य हुने छन् । बैंकले सेयरधनीलाई भच्र्यअल माध्यमबाट सभामा सहभागी गराउने जानकारी गराएको छ ।