News Portal

  • गुहेश्वर मर्चेन्ट बैंकिङको सिईओमा श्रेष्ठ नियुक्त

    आर्थीकसंसार संवाददाता७ पौष, २०७७
    १६८३ पटक
    ७ पौष, २०७७

    काठमाडौं । गुहेश्वर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राजेशकुमार श्रेष्ठ नियुक्त भएका छन् । पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो ।
    उनलाई आगामी माघ १ गतेदेखि लागू हुने गरी कम्पनीको सीईओ एवं कम्पनी सचिव पदमा नियुक्त गरेको हो । यससँगै, सीईओ श्रेष्ठले माघ १ गतेदेखि संस्थाको सीईओ र कम्पनी सचिवको कार्यभार सम्हाल्ने छन् ।
    बैंकिङ क्षेत्रमा मात्रै २५ वर्षको कार्य अनुभव हासिल गरिसकेका श्रेष्ठले बीमा क्षेत्रको पनि उनको उत्तिकै अनुभव रहेको छ । श्रेष्ठले १७ वर्ष नेपाल बैंकमा काम गरेका थिए ।

    प्रतिकृया दिनुहोस्