News Portal

  • कृषि विकास बैंकले पौष २९ गते एजीएम हुने

    आर्थीकसंसार संवाददाता७ पौष, २०७७
    १२८७ पटक
    ७ पौष, २०७७

    काठमाडौं । कृषि विकास बैंकले आगामी पुस २९ गते वार्षिक साधारणसभा –एजीएम) आव्हान गरेको छ । बैंकले सो दिन बिहान ११ बजे भक्तपुरको केन्द्रीय तालिम प्रतिष्ठान बोडेस्थित आफ्नो कार्यालयमा आफ्नो चौधौं वार्षिक साधारणसभा डाकेको हो ।
    सभा कोभिड–१९ को कारण भच्र्युअल माध्यमबाट हुने बैंकले जानकारी गराएको छ । उक्त सभामा जाने प्रयोजनको लागि बैंकको पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज हुने छ । यससँगै पुस १४ गतेसम्म कायम सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउने छन् ।
    बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर वापत ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । त्यस्तै, बैंकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसलाई पुस २९ गते हुने बैंकको वार्षिक साधारणसभाले पारित गर्दै छ ।

    प्रतिकृया दिनुहोस्