काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडका बीच विप्रेषणसम्बन्धी कारोबारको लागि एकअर्काको प्रतिनिधि भई सहकार्य गर्ने गरी सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि ग्राहकहरुले अझै सहजरुपले विप्र्रेषणसम्बन्धी सेवा लिन सक्ने र बैंकको व्यवसाय विस्तारमा पनि सहयोग पुग्ने दुबै बैंकले विस्वास लिएका छन् ।
कामना बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा सिद्धार्थ बैंकका तर्फबाट विप्रेषण विभाग प्रमुख पंकज पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । “प्रगतिको आधार कामना सेवा सँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABABBS, SMS Banking, Mobile Banking, C-ASBA, अनलाईनबाट खाता खोल्ने र कर्जा आवेदन जस्ता विभिन्न माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
कामना बैंक र सिद्धार्थ बैंकबीच विप्रेषणसम्बन्धी सम्झौता
आर्थिकसंसार संवाददाता३० साउन, २०७७
३० साउन, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने