News Portal

  • मेगा बैंकले महिला व्यवसायीलाई व्याज अनुदान कर्जा दिने

    आर्थीकसंसार संवाददाता७ पौष, २०७७
    १६४३ पटक
    ७ पौष, २०७७

    काठमाडौं । मेगा बैंक नेपालले ललितपुर सुनचाँदी ब्यवसायी संघमा आबद्ध सुनचाँदी महिला व्यवसायीहरुलाई बिनाधितो ब्याज अनुदान कर्जा दिने भएको छ ।
    मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यबीच संघमा आबद्ध महिला उद्यमीहरुलाई १५ लाख रुपैंयासम्म बिनोधितो ब्याज अनुदान कर्जा दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
    सुनचाँदी व्यवसायी संघबाट सिफारिससहित आवश्यक काजगपत्र लिएर आउने उद्यमीहरुले यो कर्जा पाउनेछन् । यस कर्जाले महिला उद्यमीहरुलाई आत्मनिर्भर बनाउन थप उत्साह र ऊर्जा मिल्ने मेगा बैंकले विश्वास लिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्