News Portal

  • नबिल बैंकले उच्च लाभांश घोषणा गर्यो

    आर्थीकसंसार संवाददाता६ पुस, २०७७
    १४५७ पटक
    ६ पुस, २०७७

    काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    पुस ६ गते सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ३३.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो लाभांश पाउने छन् ।
    सो प्रस्तावित लाभांश गत दुई वर्षयताकै उच्च हो भने बोनसदर हालसम्मकै उच्च हो । बैंकले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई बराबर ३४ प्रतिशत लाभांश (१२ प्रतिशत बोनस र २२ प्रतिशत नगद) वितरण गरेको थियो ।
    हाल बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ । प्रस्तावित ३३.५ प्रतिशत बोनस सेयरपछि बैंकको चुक्ता पुँजी भने बोनस सेयर वितरणपछि १३ अर्ब ४५ करोड रुपैयाँ नाघ्ने छ । दोस्रो बजारमा बैंकको सेयर मूल्य प्रतिकित्ता १२३१ रुपैयाँ रहेको छ भने बजार पुँजीकरण एक खर्ब २४ अर्ब रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्