News Portal

  • एनआईसी एशिया बैंकको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२२ फागुन, २०८१
    ९ पटक
    २२ फागुन, २०८१

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २७ औं वार्षिक साधारण सभा आज फागुन २२ गते बिहीबार सम्पन्न भएको छ । सभा काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । बैंकको २७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्र्ने प्रस्ताव समेत पारित गरेको छ ।

    साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी प्रति शेयर रु. १०० का दरले रु. ५ अर्ब बराबरको एन आई सी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्