News Portal

  • कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमार्फत मुद्दती खाता खोल्न सकिने

    आर्थीकसंसार संवाददाता१४ फागुन, २०८१
    १० पटक
    १४ फागुन, २०८१

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकको मोबाइल बैंकिङ एपबाट सजिलै मुद्दती खाता खोल्न सकिने भएको छ ।

    अब ग्राहकले बैंकमा भौतिक रुपमा उपस्थित नभई मोबाइल एप, के.एस. आई मोबाइल बैंकिङमार्फत सहज, सुरक्षित र छिटो तरिकाले मुद्दती खाता खोल्न सक्ने छन् । ग्राहकले बैंकमा जानुपर्ने झन्झटबाट मुक्त हुँदै घरमै बसेर मुद्दती खाता खोल्न व्यवस्था ल्याएको हो ।

    के एस आइ मोबाइल बैंकिङमा लगइन गरी पिक्स्ड् डिपोजिट छनौट गरी आफूले चाहेको निक्षेप रकम भरी सजिलै यो सेवा लिन सकिने छ । बैंकले प्रविधिको विकासलाई आत्मसात गर्दै ग्राहकको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ्ग प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।

    प्रतिकृया दिनुहोस्