News Portal

  • हिमालयन बैंकले दोहोरो खाता बन्द गर्ने

    आर्थीकसंसार संवाददाता११ फागुन, २०८१
    ३०६ पटक
    ११ फागुन, २०८१

    काठमाडौं । हिमालयन बैंकले दोहोरो खाता बन्द गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनमा दोहोरो खाता बन्द गरिने बैंकले जनाएको छ ।

    नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन, २०८१ को निर्देशन नं. २१ को बुँदा नं. ४५ मा बैंक वा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाइने व्यवस्था छ । सोही व्यवस्था बमोजिम एक भन्दा बढी खाता रहेका ग्राहकहरूले एउटा खाता मात्रै सञ्चालन गर्न बैंकले आग्रह गरेको छ ।

    ३५ दिनभित्र दोहोरो खाताहरूमध्ये एउटा मात्र खाता सञ्चालनमा रहने गरी बन्द गर्नुपर्नेछ । यदि उक्त समयभित्र दोहोरो खाता भएका ग्राहकहरूले एउटा खाता बन्द नगरे खाता स्वतः निष्कृय हुने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्