News Portal

  • गुडविल फाइनान्सको साधारणसभा पौष २९ गते हुने

    आर्थीकसंसार संवाददाता५ पौष, २०७७
    १२३९ पटक
    ५ पौष, २०७७

    काठमाडौं । गुडविल फाइनान्सले लाभांश घोषणा गरेको छ । फाइनान्सको आज बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा वितरण हुने लाभांश प्रस्ताव गरेको हो ।
    फाइनान्सले ८ दशमलव ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ३ दशमलव ६ प्रतिशत नगद गरि कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै फाइनान्सले पुस २९ गते सभा आह्वान गरेको छ भने सभा प्रयोजनको लागि पुस १७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसका कारण पुस १६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

    प्रतिकृया दिनुहोस्