News Portal

  • सिटिजन्स बैंकका ग्राहकले वात्सल्य नेचुरल आइभिएफको सेवामा छुट पाउने

    आर्थीकसंसार संवाददाता१ फागुन, २०८१
    २५० पटक
    १ फागुन, २०८१

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नारायणचौर, काठमाडौंस्थित वात्सल्य नेचुरल आइभिएफबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले वात्सल्य नेचुरल आइभिएफमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन्।

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

    बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ।

    डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

    प्रतिकृया दिनुहोस्