काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुबीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरुसम्बन्धी सम्झौता नवीकरण भएको छ । उक्त सम्झौतापत्रमा त्रिवि, पनिकाका तर्फबाट परीक्षा नियन्त्रक पुष्पराज जोशी र बैंकको तर्फबाट कीर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका हुन् ।
सो सम्झौतापत्रअनुरुप त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा दैनिक रुपमा संकलन हुने शुल्क तथा धरौटी वापतको रकम संकलन गर्ने व्यवस्थाका साथै त्रिविअन्तर्गतका क्याम्पसहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयबाट शुल्क/रकम जम्मा गर्न मिल्नेछ । त्रिविका विद्यार्थीहरुको सम्पूर्ण कारोबार यस बैंकको बल्खुस्थित काउन्टरलगायत नेपाल अधिराज्यभरका सबै शाखाबाट त्रिविको आम्दानी खातामा जम्मा गर्न मिल्नेछ । यसका साथै उक्त काउण्टरबाट पनिकामा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा लिने/दिनेलगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध हुनेछ । विभिन्न सरकारी कार्यालयहरुको आर्थिक कारोबार बैंकमार्फत गर्ने गराउने सरकारको नीतिअनुरुप ग्लोबल बैंकले देशभरका विभिन्न सरकारी कार्यालय, उद्योग, विभाग, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालय, मालपोत कार्यालयलगायतका ३० वटा भन्दा बढी सरकारी कार्यालय परिसरबाट समेत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
सो बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जालसहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३९ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (यूके), क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थव्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
ग्लोबल बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता नवीकरण
आर्थीकसंसार संवाददाता५ पौष, २०७७
५ पौष, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान