News Portal

  • सबै स्थानीय तहमा पुग्यो बैंकिङ सेवा, एभरेष्ट बैंकले साइपालमा गर्यो शाखा विस्तार

    आर्थीकसंसार संवाददाता२८ माघ, २०८१
    २५७ पटक
    २८ माघ, २०८१

    काठमाडौं । देशका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ।

    एभरेष्ट बैंकले बझाङको साइपालमा शाखा विस्तार गरेसँगै सबै ७५३ वटै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ।

    साइपालमा लामो समयदेखि बैंकिङ सेवा पुर्याउने कोसिस गरिए पनि सकिएको थिएन। तर, अब त्यहाँ पनि बैंकिङ सेवा विस्तार भएको छ।

    एभरेष्ट बैंकले साइपालमा विस्तार गरेको शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन्। यो शाखा विस्तारले आमनागरिकले बैंकिङ सेवा सहज र सरल ढंगले पाउने विश्वास अधिकारीले गरेका छन्।

    प्रतिकृया दिनुहोस्