News Portal

  • लुम्बिनी विकास बैंकका ग्राहकलाई होटल वृन्दावनमा छुट

    आर्थीकसंसार संवाददाता२८ माघ, २०८१
    ३० पटक
    २८ माघ, २०८१

    काठमाडौं । लुम्बिनी विकास बैंकले होटल वृन्दावनमा ग्राहकहरुलाई विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ । होटल वृन्दावन पर्सा जिल्लाको वीरगञ्ज उप-महानगरपालिका वार्ड नं. १० मा अवस्थित छ ।

    सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंकका सम्पुर्ण ग्राहकहरुलाई होटल वृन्दावनका विभिन्न सेवा तथा सुविधाहरुमा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने छ । होटल वृन्दावनको विभिन्न सेवा तथा सुबिधाहरु अन्तर्गत ग्राहकहरुले खानाका परिकार तथा पेय पदार्थहरुमा १० प्रतिशत साथै होटल कोठाहरुको शुल्कमा ३० प्रतिशत छुट लिन सक्नेछन् ।

    सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट वीरगञ्ज शाखाका प्रबन्धक कृष्ण कुमार महतो र होटल वृन्दावनको तर्फबाट प्रबन्ध निर्देशक पप्पु सराफ ले संयुक्त रुपमा हस्ताक्षर गरे ।

    देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ ।

    प्रतिकृया दिनुहोस्