News Portal

  • नारायणी डेभलपमेन्ट बैंक अब नयाँ स्थान र भवनबाट सञ्चालनमा

    आर्थीकसंसार संवाददाता२७ माघ, २०८१
    १५६ पटक
    २७ माघ, २०८१

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड अब नयाँ स्थान र भवनबाट सञ्चालनमा आएको छ ।

    बैंकले बैंकिङ प्रणालीमा प्रयोग हुने सुविधाहरुको प्रयोग गर्दै आफ्नो कारोबारलाई चुस्त, दुरुस्त र अझ सर्बसुलभ बनाउने अभिप्रायले बैंकको २२ औं साधारण सभाले केन्द्रिय कार्यालय चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं १० मा स्थानान्तरण गर्ने निर्णय गरको हो ।

    चितवनको व्यापारिक केन्द्रको रुपमा विकसित भरतपुर महानगरपालिका वडा नं १० वाइपास रोड, स्थित जिल्ला सहकारी सघं लिमिटेडको आधुनिक नवनिर्मित भवनमा आइतबारबाट स्थानान्तरण भै हाकिमचोकस्थित शाखा कार्यालय समेत एकैसाथ सेवा शुभारम्भ गराएको छ ।

    प्रतिकृया दिनुहोस्