News Portal

  • प्रम ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

    आर्थीकसंसार संवाददाता५ पौष, २०७७
    १२९३ पटक
    ५ पौष, २०७७

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय भएको छ । सोे प्रस्ताव पर्सी ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुने भएको छ ।
    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपश्चात बसेको नेकपा स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको र प्रम ओलीको संसद् विघटनको कदम जनता र मुलुकको हितमा नभएको ठहर गर्दै खेद व्यक्त गरेको छ । यसको राजनीतिकसँगै कानुनी उपचार खोज्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
    पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै स्थायी कमिटी बैठकले अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ । यसका लागि पर्सी ७ गते केन्द्रीय कमिटीको आकस्मिक बैठक पनि बोलाइएको छ । त्यस्तै भोलि सोमबार दिउँसो १ बजे नयाँ बानेश्वर नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय भएको छ । भोलि नै दिउँसो ३ बजे स्थायी कमिटीको बैठक पनि बस्नेछ ।
    बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णयसमेत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ४५ सदस्यीय स्थायी कमिटीका आमन्त्रित ४ सहित ३१ जना उपस्थित रहेका थिए ।

    प्रतिकृया दिनुहोस्