News Portal

  • नेशनल लाईफ इन्स्योरेन्सको कामु सिईओमा खत्री नियुक्त

    आर्थिकसंसार संवाददाता५ पौष, २०७७
    १११९ पटक
    ५ पौष, २०७७

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको कामु सिईओमा सुरेशप्रसाद खत्री नियुक्त भएको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सिईओ भरतबहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको छ ।
    पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उहाँलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सिईओ भरतबहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि उनलाई विदाई गरिएको कुरा कम्पनीद्वारा जारी सूचनामा जनाएको छ ।

    प्रतिकृया दिनुहोस्