News Portal

  • नबिल बैंकले २५ जिल्लाका ११२ ठाउँको जग्गा बेच्दै, सस्तोमा किन्ने अवसर

    आर्थीकसंसार संवाददाता२५ माघ, २०८१
    २११ पटक
    २५ माघ, २०८१

    काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको २५ जिल्लामा गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा विभिन्न शाखा स्थानमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बोलकबोल मार्फत बिक्री गर्ने भएको हो ।

    बैंकले काठमाडौं, सुर्खेत, बर्दिया, झापा, नुवाकोट, नवलपरासी (बर्दघाट सूस्तापूर्व), चितवन, भक्तपुर, दोलखा, ललितपुर, धनुषा, सिराहा, सप्तरी, बारा, मोरङ्ग, सुनसरी, भोजपुर, पर्सा, दार्चुला, काभ्रेप्लाञ्चोक, कैलाली, बाँके, मकवानपुर, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का विभिन्न ११२ स्थानमा रहेको जग्गा बिक्री गर्ने भएको हो ।

    बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्