News Portal

  • ऋण नतिरेपछि एसबिआई बैंकले जफत गर्‍यो ओएसिस मेडिकल कलेजको सम्पत्ति, खाली गर्न १५ दिनको ताकेता

    आर्थीकसंसार संवाददाता२५ माघ, २०८१
    ३३ पटक
    २५ माघ, २०८१

    काठमाडौं । नेपाल एसबिआई बैंकले ओएसिस मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरलाई गैर बैंकिङ सम्पत्ति खाली गर्न ताकेता गरेको छ । बैंकको चितवनस्थित नारायणगढ शाखा कार्यालयबाट ओएसिस मेडिकल कलेजले कर्जा लिएर चुक्ता नगरेपछि गैर बैंकिङ सम्पत्ति खाली ताकेता गरेको हो ।

    मेडिकल कलेजले परियोजना (आवधिक) कर्जा, क्यास क्रेडिट कर्जा, अल्पकालीन आवधिक डिमाण्ड कर्जा र हायर पर्चेज कर्जा शिर्षकमा कर्जा लिएको बैंकले जनाएको छ । बैंकका अनुसार ओएसिस मेडिकल कलेज ऋणी हो भने मनोजकुमार चौधरी, हेमकुमारी चौधरी, जुली चौधरी, मिली चौधरी र मर्भिन ओएसिस चौधरी जमानीकर्ता हुन् । मनोज मेडिकल कलेजका अध्यक्ष हुन् भने हेम कुमारी प्रशासनिक प्रमुख हुन् ।

    कर्जाको साँवा, ब्याज लगायत अन्य दस्तूर, बैंकसँग गरेको शर्त कवुलियत तथा ऋण स्वीकृत पत्रमा उल्लेख भएको व्यवस्था बमोजिम बैंकलाई समय समयमा तिर्न बुझाउनु पर्ने हो । कर्जाको साँवा व्याज लगायत सम्पूर्ण कर्जा रकम चुक्ता भुक्तान गर्न पटक पटक लिखित एवं मौखिक ताकेता गर्दा समेत कुनै चासो नदेखाएको बैंकको गुनासो छ ।

    बेवास्ता गरी बैंकलाई तिर्नु पर्ने रकम नतिरेको र कर्जा लिँदा भएका शर्त उल्लङ्घन गरेकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम धितोमा रहेको सम्पत्ति बैंकले गैर बैंकिङ्ग सम्पत्तिमा सकार गरिसकेको जनाएको छ । त्यसैले बैंकको नाममा रहेका सम्पत्ति १५ दिनभित्र खाली गर्न ताकेता गरेको छ ।

    प्रतिकृया दिनुहोस्